काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले रिहा गरेको छ।
मध्यरातमा पक्राउ पुर्जीबिनै घरबाट नियन्त्रणमा लिइएका राणालाई पक्राउ गर्नुको कारणसमेत नखुलाई प्रहरीले छाडेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार राणालाई परिवारको जिम्मा लगाएर घर पठाउने तयारी गरिएको थियो।
‘उहाँ घर जानुहुन्छ, पठाउने तयारी हुँदैछ,’ कार्कीले बताए।
राणालाई प्रहरीले नियन्त्रणमा लिए पनि उनीमाथि के आरोपमा वा कुन आधारमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले सार्वजनिक रूपमा जानकारी दिएको छैन।


















प्रतिक्रिया