सुनको भाउमा भारी गिरावट संगै नयाँ रेकर्ड


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको हो। यसअघि सोमबार पनि सुनको मूल्य ५ हजार रुपैयाँले घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यससँगै दुई दिनमा सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको छ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ११५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० रुपैयाँ थियो।