काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर १ बाट पार्टीका उपसभापति विश्वप्रकाश शर्मा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
झापा–१ मा भएको निर्वाचनमा शर्माले ६३८ मत प्राप्त गर्दै खुलातर्फ सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। उक्त निर्वाचनमा ७१० जना मतदाता सहभागी थिए।
यसपटक कांग्रेसका केन्द्रीय नेताहरूले समेत वडा तथा क्षेत्रीय तहको निर्वाचन प्रक्रियाबाटै महाधिवेशन प्रतिनिधि बन्नुपर्ने व्यवस्था लागू गरिएको छ। यसैक्रममा शर्मा झापा–१ बाट चुनाव लडेर प्रतिनिधि बनेका हुन्।
यस्तै, कांग्रेस सभापति गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्।



















प्रतिक्रिया