सुनचाँदीको भाउ स्थिर, सुन प्रतितोला कतिमा ?


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार पनि सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ नै रहेको थियो । यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ४६० रुपैयाँ कायम गरिएको छ ।

चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदीको यही मूल्य कायम थियो ।

त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ७९४ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।