काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४२५ रुपैयाँ कायम थियो ।
बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला १ हजार ५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले महँगिएको हो ।






















प्रतिक्रिया