काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी उपसभापतिको संख्या तीन पुर्याइए उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअघि विधान संशोधन गरी उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या थप गर्नेबारे छलफल भइरहेका बेला आङ्देम्बेको उम्मेदवारी तयारीबारे जानकारी सार्वजनिक भएको हो ।
आङ्देम्बे निकट स्रोतका अनुसार विधान संशोधन गरेर उपसभापतिको संख्या तीन पुर्याइए उनी उपसभापति पदमा उम्मेदवारी दिने तयारीमा छन् । स्रोतले भन्यो, ‘पार्टीको विधान संशोधन गरी उपसभापतिको संख्या तीन बनाउँदा उहाँ उपसभापति पदको उम्मेदवार बन्नुहुन्छ।
आङ्देम्बे यसअघि कांग्रेसका सहमहामन्त्री थिए । हाल उनी पार्टीको संसदीय दलको नेताको जिम्मेवारीमा छन् । संसदीय दलको नेता बनेपछि १५औँ महाधिवेशनमा उनले कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा कांग्रेसभित्र चासो रहँदै आएको थियो ।
हाल कांग्रेसको विधानमा दुई जना उपसभापतिको व्यवस्था छ । १५औँ महाधिवेशनमा विधान संशोधनमार्फत पदाधिकारीको संख्या थप गर्ने विषयमा छलफल भइरहेकाले त्यसअनुसार आफ्नो उम्मेदवारी तय गर्ने आङ्देम्बेको तयारी देखिएको छ।






















प्रतिक्रिया