कांग्रेस महामन्त्रीका लागि सुनिल शर्माले दिए उम्मेदवारी


काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर शर्माले खुला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

शर्माले पार्टीको महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेसको महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ।