काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा शर्माले वारेस पुष्पराज पौड्यालमार्फत उम्मेदवारी दर्ता गराएका हुन्।
शर्माको उम्मेदवारीका प्रस्तावकमा उद्धव थापा र केदार भण्डारी रहेका छन् भने समर्थकमा सुधीर सिवाकोटी र देनुकुमार थेवे रहेका छन्।
शर्माले वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेसँगै कांग्रेस महाधिवेशनमा नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बनेको छ।






















प्रतिक्रिया