सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्दा चाँदीको मूल्य ३५ रुपैयाँले घटेको हो।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला चार हजार ३९० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

स्थानीय बजारमा सुनको मूल्य बढे पनि चाँदीको मूल्यमा भने गिरावट आएको छ।