काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार सुनको मूल्य १० ग्रामको २ लाख ५० हजार ५१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँमा झरेको छ।
महासंघका अनुसार मंगलबार चाँदीको मूल्य १० ग्रामको ३ हजार ७३४ रुपैयाँ कायम भएको छ।

















प्रतिक्रिया