काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो।
महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ३ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४० रुपैयाँले बढेर ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ। त्यसैगरी, १० ग्राम चाँदीको मूल्य ३ हजार ४ सय २५ रुपैयाँ पुगेको छ।
सुनचाँदीको मूल्यमा भएको यो वृद्धि पछिल्लो कारोबारको तुलनामा आएको हो।
















प्रतिक्रिया