काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।
विभागले सूचना जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिएर विभिन्न मितिमा पक्राउ पुर्जी जारी गरिएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन भनेको हो ।
विभागका अनुसार पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्तिहरू तोकिएको समयभित्र सम्पर्कमा नआए वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ ।
त्यस्ता व्यक्तिको बैंक खाता रोक्का गर्ने, यात्रा अनुमति रोक्का राख्नेलगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।
विभागले तोकिएको समयभित्र सम्बन्धित निकायको सम्पर्कमा आएर कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।

















प्रतिक्रिया