कौशलटारमा चलिरहेको बसबाट धुवाँ निस्किएपछि भागदौड


काठमाडौं । भक्तपुरको कौशलटारमा गुडिरहेको यात्रुवाहक बसबाट एक्कासि धुवाँ निस्किएको छ ।

भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीका अनुसार बा ३ ख ९६६३ नम्बरको बसबाट अचानक धुवाँ निस्किएको हो ।

बसबाट धुवाँ निस्किनुको कारणबारे बुझ्ने प्रयास भइरहेको डीएसपी कार्कीले बताएका छन् ।

बसमा धुवाँ आउनुको कारण र घटनाबारे थप विवरण आउन बाँकी छ ।