िन्धुपाल्चोकमा देउवा समूहको जिल्ला अधिवेशन कात्तिक १६ गते, मोहन बस्नेतले उद्घाटन गर्न


िन्धुपाल्चोक । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन गर्ने भएको छ। देउवा समूहको जिल्ला अधिवेशन आगामी कात्तिक १६ गते बाह्रविसेमा आयोजना हुने तय भएको हो।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको उपस्थितिमा अधिवेशन हुन लागेको हो। बस्नेतकै गृहनगर बाह्रविसेमा आयोजना हुने अधिवेशनको उद्घाटन पनि उनले नै गर्ने कार्यक्रम रहेको छ।

संस्थापन पक्षले केन्द्रीय महाधिवेशन सम्पन्न गरे पनि जिल्ला अधिवेशन भने गर्न बाँकी रहेको छ। यसैबीच देउवा समूहले सिन्धुपाल्चोकमा छुट्टै जिल्ला अधिवेशन आयोजना गर्ने तयारी गरेको हो।

अधिवेशनमा सहभागी हुन नेता बस्नेतले आफू निकट नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। जिल्ला अधिवेशनमार्फत संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने र आगामी राजनीतिक रणनीतिबारे छलफल गर्ने तयारी रहेको बताइएको छ।

यसैबीच नेपाली कांग्रेसको देउवा समूहले आगामी मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारीसमेत गरेको छ। सोही तयारीका बीच सिन्धुपाल्चोकमा हुन लागेको जिल्ला अधिवेशनलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ।