काठमाडौँ । देउवा र वलीको डिजाइनमा पुरानो संसद् ब्युँताउने खेलमा लागेको आशङ्कामा केही समय अगाडि पुर्वप्रधान न्यायाधिश चोलेन्द्र शमशेर राणालाई सरकारले पक्राउ गरेको थियो। शेरबहादुर देउवालाई आधिकारिकता दिलाउने सबै सेटिङ भएकाले नेपाल आउन भनिएको त्यहीँबाट खुलेको थियो। र त्यो सेटिङको जिम्मा इनमले पाएका थिए।
इनम चोलेन्द्रका भान्जाका साथी हुन्। उनको नाम चोलेन्द्रमाथि अनुसन्धान गर्दा नै बाहिर आएको हो। रास्वपा सरकारले कुनै कारबाही नगर्ने र अदालतबाट आधिकारिकता दिलाउने सेटिङ भएपछि नै शेरबहादुर देउवा स्वदेश फर्किएका थिए।
संयोग हो कि यथार्थ, देउवा पक्षलाई राहत हुनेगरी प्रधानन्यायाधीश समेतको बेन्चले कांग्रेस आधिकारि
कता विवादबारे पुनरावलोकनको आदेश सुनायो, र त्यही निर्णय लगत्तै देउवा नेपाल आए। उनी नितान्त देउवाको पक्षमा परिचालित थिए र उनले गगन पक्षलाई हराउन वा वदनाम गराउन चाहन्छ भन्ने त पुष्टि भएकै कुरा भयो ।
त्यसैले उनले बोलेकै हो भने पनि गगन पक्षलाई बदनाम गराउन बोलेको प्रष्टै हुन्छ । उनको नियोजित आरोपको हल्लालाई अहिले १८ करोडको सेटिङ गरेको भ्रम फैलाइँदैछ। हल्ला फैलाउनेहरु पनि चुनदेवी कांग्रेस र रास्वपाका देखिएका छन् ।
रास्वपा सरकारमा छ। भ्रम फैलाउनुको साटो गहिरो अनुसन्धान गरेर कारबाही गर्न केले रोकेको छ ?
गगन आफैँले भनिसके, बिचौलियामाथि हदैसम्मको अनुसन्धान हुनुपर्छ।
त्यसैले भ्रमको पछि नलागौँ। यस विषयमा धारणा बनाउनु अघि एकपटक सोच्नुस्, गगनको नाम कहीँ कतै थोरै मात्र जोडिएको भए, यो सरकारले बाँकी राख्थ्यो ?

















प्रतिक्रिया