काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो फेसबुक वालमा ‘अचम्म’ भन्दै स्टाटस लेखेपछि त्यसको आशयलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ।
गृहमन्त्री गुरुङले के विषयलाई संकेत गर्दै यस्तो लेखेका हुन् भन्नेबारे स्पष्ट खुलाएका छैनन्। उनको छोटो स्टाटसले सर्वसाधारणदेखि राजनीतिक वृत्तसम्म चासो र उत्सुकता बढाएको छ।
‘अचम्म’ स्टाटसले के संकेत गर्छ?
विशेषगरी पछिल्लो समय डलर ठगीमा संलग्न आरोपित सुजन तामाङलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको घटनाक्रमसँगै गृहमन्त्रीको स्टाटसलाई जोडेर पनि चासो व्यक्त हुन थालेको छ। तर उक्त स्टाटस यही घटनासँग सम्बन्धित हो भन्ने पुष्टि भएको छैन।

















प्रतिक्रिया