नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको छ भने चाँदी ११० रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि प्रतितोला ३ हजार ९२० रुपैयाँ कायम थियो ।

बिहीबारको तुलनामा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको हो । महासङ्घले सार्वजनिक गरेको नयाँ दरअनुसार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।