काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालबीच शिष्टाचार भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषय तथा संसद्का गतिविधिबारे छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
भेटका क्रममा संघीय संसद्मा विचाराधीन रहेका विधेयक, संसद्को प्रभावकारिता र पछिल्ला राष्ट्रिय घटनाक्रमबारे पनि कुराकानी भएको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रपति र सभामुखबीचको भेटलाई शिष्टाचार भेटका रूपमा लिइएको छ।

















प्रतिक्रिया