काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाको संसदीय सुनुवाइ सम्पन्न भएको छ ।
शनिबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा थप दुई जना प्रस्तावित न्यायाधीशको सुनुवाइ भएसँगै चारै जनाको सुनुवाइ प्रक्रिया पूरा भएको हो । यसअघि शुक्रबार दुई जनाको सुनुवाइ भएको थियो ।
न्यायपरिषद्ले उच्च अदालतका मुख्य न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्दलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको सुनुवाइ भएको हो । यसअघि बिहीबार चन्द्रबहादुर सारु र डा. रत्नबहादुर बागचन्दको सुनुवाइ भएको थियो ।
चारै जनाको सुनुवाइ सकिए पनि उनीहरूलाई न्यायाधीशमा अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय भने भइसकेको छैन । समितिले यस विषयमा आन्तरिक छलफल गरिरहेको छ ।

















प्रतिक्रिया