काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा रणनीतिकार कुमार ब्यञ्जनकार ‘कुमार बेन’ विरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ।
जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले बुधबार प्रहरी कार्यालय भद्रकालीमा जाहेरी दिँदै ब्यञ्जनकारमाथि अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेका हुन्।
जाहेरीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका ईनम सापकोटाका दुई मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षणअघि ब्यञ्जनकारको ज्वागलस्थित निवासमा दुई दिनसम्म राखिएको आरोप लगाइएको छ। उक्त अवधिमा मोबाइलमा रहेका ह्वाट्सएप र फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोग गरिएको तथा केही महत्त्वपूर्ण सन्देश मेटाइएको दाबीसमेत गरिएको छ।
प्रहरीको लोकेसन ट्र्याकिङ र डिजिटल फरेन्सिक परीक्षणका विवरणलाई आधार बनाउँदै जाहेरीकर्ताले डिजिटल प्रमाणमा अनधिकृत पहुँच पुर्याई अनुसन्धान प्रभावित पारिएको आरोप लगाएका छन्।
प्रहरीले निष्पक्ष अनुसन्धान गरी दोषी देखिए कानुनअनुसार कारबाही गर्नुपर्ने माग जाहेरीमा गरिएको छ। ब्यञ्जनकारमाथि लगाइएका आरोप भने जाहेरीकर्ताका दाबी हुन्, तिनको स्वतन्त्र पुष्टि हुन बाँकी छ।




















प्रतिक्रिया