कोरोना भाइरसकाे संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयवह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ । अहिलेसम्म भारतमा २२६ जनाको मृत्यु भएको छ भने ६ हजार ७२५ संक्रमित भएका छन् । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोकाे अनुसार बिहीबार मात्रै भारतमा ४८ जनाको मृत्यु भएको छ भने ८०९ जनको नयाँ संक्रमित भेटिएका छन् ।
बिहीबार बिहानसम्म भारतमा मृत्यु हुनेको संख्या १७८ थियाे । संक्रमित हुनेकाे संख्या भने ५ हजार ९१६ थियाे । भारतमा बुधबार २८ र मंगलबार २५ जनाकाे काेराेनाका कारण ज्यान गएकाे थियाे । बुधबार बिहानसम्म भारतमा मृत्यु हुनेको संख्या १५० थियो ।
यता संक्रमितकाे संख्या पनि दिनहुँ बढिरहेकाे पाइन्छ । बुधबार मात्रै भारतमा ६०५ जना नयाँ संक्रमित भेटिएका थिए । बिहीबारसम्म संक्रमितकाे संख्या ५ हजार ३११ थियो ।
भारतमा कुल संक्रमितमध्ये ६२० जना उपचारपछि निको भएका छन् । बाँकी ५ हजार ८७९ जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ ।
कोरोना भाइरस संक्रमणका कारण भारतमा एक डाक्टरको समेत ज्यान गएको छ । बिहीबार विहान ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना संक्रमणका कारण ज्यान गएको हो । भारतमा अहिले धेरै डाक्टरहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे बताइएकाे छ ।
अहिले भारतमा २१ दिन लामो लकडाउन छ । आज भारतमा लकडाउनको १७ औँ दिन हो । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा जारी लकडाउन तत्कालै नहट्ने बताइसकेका छन् । उनले अप्रिल १४ पछि पनि लकडाउन बढ्ने बताइसकेका छन् । उनले राष्ट्रिय आपतकालिन समय जस्तै हुने पनि बताए छन् ।
प्रतिक्रिया