भारतमा २१ दिनको लकडाउन घोषणा गरिएको बेला सहयोग नगरेको आरोप खेप्दै आएका थिए बलिउड अभिनेता शाहरुख खान। अन्ततः उनले सहयोगको हात अघि बढाएका छन्। शाहरुखले कोरोना भाइरसविरुद्ध लड्न विभिन्न चरणमा सहयोग गर्ने घोषणा गरेका छन्। जसअनुसार ५० हजार पीपीई स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने र दिनहुँ साढे पाँच हजार परिवारलाई खाना खुवाउने भएका हुन्।
उनले सामाजिक सञ्जाल ट्विटरमा रेड चिल्ली इन्टरटेनमेन्टमार्फत पोस्ट गर्दै भनेका छन्, ुमेरो टिमले आफ्नै तरिकाले योगदान गर्ने उपायबारे छलफल गरिरहेका छौँ। हामी विभिन्न चरणहरूमा आउनेछौं, यसले थोरै भए पनि सहयोग पुग्नेछ।ुअन्नपुर्ण पोष्टमा खबर छ ।
शाहरुखले ५० हजार पीपीई स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने सम्बन्धमा महाराष्ट्र र पश्चिम बंगालका राज्य सरकारहरूसँग मिलेर काम गर्ने भएका हुन्। त्यस्तै, लकडाउनको अवधिसम्म दैनिक साढे पाँच हजारभन्दा बढी परिवारलाई दैनिक खानाको व्यवस्था भने उनले मुम्बईमा गर्ने बताएका छन्। यसका लागि एक भान्साघर समेत बनाइनेछ। एजेन्सी
प्रतिक्रिया