पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका हुन् । यस्तै एकै दिन काठमाडौँ उपत्यकामा १५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएका छन् ।
बुधबार देशभर ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै काठमडौँमा २२ हजार ८०८ जना सक्रिय संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या १ लाख ३३ हजार ३ सय ४ पुगेको छ । यस्तै भक्तपुरमा २ हजार ७ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या १ लाख २ हजार ६२९ पुगेको छ । यस्तै ललितपुरमा ४ हजार ६ सय जना सक्रिय संक्रमित रहेका छन भने सक्रिय संक्रमितको संख्या २२ हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छन्














प्रतिक्रिया