युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पनि रुसले आफूहरुलाई नष्ट गर्न चाहेको बताएका छन् ।
एक भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भने, ‘रुसले युक्रेनका प्रमुखलाई नष्ट गरेर राजनीतिक रुपमा नष्ट गर्न चाहन्छ । दुस्मनको निशानामा सबैभन्दा पहिला म छु र दोस्रो नम्बरमा मेरो परिवार रसियाले युक्रेनका राष्ट्र प्रमुखलाई नष्ट गरे यहाँको राजनीतिलाई तहसनहस पार्न चाहेको राष्ट्रपतिले दाबी गरे ।
‘म राजधानीमा नै बस्छु । मेरो परिवार पनि युक्रेनमा छ,’ उनले भने । राष्ट्रपति जेलेन्स्कीले शुक्रबार दोस्रो विश्वयुद्धपछि युरोपेली राज्यमा भएको सबैभन्दा ठूलो आक्रमणमा राजधानीतर्फ अग्रसर भइरहेका रुसी आक्रमणकारीसँग लड्दै किएभमै बस्ने बाचा गरेका छन् ।
प्रतिक्रिया