काठमाडौं, फागुन २५
नाबालिका गायिकालाई बलात्कारको आरोप लागेपछि नायक पल शाहलाई अहिले प्रहरी हिरासतमा छन्। हिजो मात्रै शाहलाई तनंहु बाट गैडाकोट लगिएको थियो। आज उनलाई गैडाकोट प्रहरी चौकीबाट बयानका लागी सरकारी वकिल कार्यालय लगिएको छ। नाबालिग गायिकाले तनहुसंगै गैडाकोटमा पनि पल विरुद्ध जाहेरी दिएकि थिइन्।
तनहुमा बयान पश्चात उनलाई गैडाकोट लगिएको हो। तनहु जिल्ला अदालतले उनलाई १२ दिन म्याद थप गरि अनुसन्धानको अनुमति केहि दिन अगाडी दिईसकेको छ। दुवैतर्फ जाहेरी परेका कारणले गर्दा तनहु पश्चात उनलाई बयानका लागि गैडाकोट लगिएको हो।
प्रतिक्रिया