मैत्रीपूर्ण खेलका लागि फुटबल टोली थाइल्याण्ड प्रस्थान


दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्ड प्रस्थान गरेको छ । नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गरेको हो ।

एएफसी एसियन कपको अन्तिम चरणको छनोटको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले १० चैतमा थाइल्याण्डसँग र १३ चैतमा शीर्ष श्रेणीको क्लब चोङ्गबुरी एफसीसँग खेल्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मैत्रीपूर्ण फुटबल खेलका लागि थाइल्याण्ड जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आइतबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमकाबीच टोलीलाई बिदाई गरेको थियो ।

आगामी जुनमा हुने एसियन कप छनोटको तेस्रो चरणमा नेपाल समूह एमा परेको छ । नेपालको समूहमा जोर्डन, कुवेत र इण्डोनेसिया छन् । छनोटमा थाइल्याण्ड, उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंकाको समूहमा छ ।