पाइलटबाहेक यात्रुको रुपमा सबैभन्दा धेरै प्लेन चड्ने २५ जनामा पर्छु होला: सांसद तामाङ


काठमाडौं– नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले नेपालमा पाइलटबाहेक यात्रुको रुपमा सबैभन्दा धेरै प्लेन चड्ने २५ जनामा आफूपनि पर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद तामाङले गत साउन ९ गते काठमाडौंमा भएको सौर्य एयरको जहाज दुर्घटनाबारे सदनमा कुरा उठाउँदै सांसद तामाङले सो कुरा बताएका हुन् ।

‘२०५७ सालदेखि बढी प्लेन चढ्नेमा पाइलटबाहेक २५ जनाभित्र पर्छु होला । सौर्य एयरलाइन्स आएदेखि जनताले सेवा छिटो खोज्नुभयो । उहाँहरूले अरु प्लेनभन्दा १० मिनेट अगाडी पुर्‍याउने अनि त्यही भएर जनताले त्योमात्र चढ्न खोज्नेभयो,’ उनले भने ।