काठमाडौं– स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाल विश्वकै यूनिक देश भएको भन्दै व्यंग्य कसेका छन् । उनले सडक नै नभएको ठाउँमा पूल बनाईएको भन्दै उनले देश विश्वमै यूनिक भएको टिप्पणी गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले यस्तो कुरा उठाएका हुन् । उनले भने,‘जहाँ सडक छ, त्यहाँ पूल छैन् ।
जहाँ पूल छ त्यहाँ सडक नै छैन् । मैले यो किन भन्न खोजेको हो भने यहाँ पूर्व भौतिक पूर्वाधारमन्त्रीपनि मुसुमुसु हाँस्द्यै हुनुहुन्छ (घुवीर महासेठतर्फ देखाउँदै), यो एउटा पूल बनाउन कति समय लाग्छ? २०६६ सालमा माधव नेपाल नामको एकजना प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले हामीलाई हेलिकप्टरमा लैजानुभयो, बेकारमा आर्मीको हेलिकप्टरको पैसापनि खर्च भयो, हुलाकी राजमार्गमा रौतहट र सर्लाही जोड्ने एउटा पूल छ, रोड बनिसकेको छ तर १५ वर्षमा पनि पूल बनेको छैन् । देशमा १५ वटा प्रधानमन्त्री चेन्ज भैसकेका छन् ।’
उनले पूल नहुँदा सिराहा र धनुषाका जनतालाई पनि सास्ती भएको कुरा उठाए । उनले दुई जिल्ला जोड्ने कमला पूल नबनाउँदा जनतालाई सास्ती भएको सुनाए । उनले हुलाकी राजमार्गको आसपासमा बस्ने मान्छेले के गल्ती गरेको कारण उनीहरुलाई सजाय दिईएको भन्दै राजमार्ग पूर्ण रुपमा निर्माण नभएकोमा आक्रोश पोखे । सांसद सिंहले यो देशमा मध्यपहाडी र मदन भण्डारी राजमार्गको आवश्यकत्ता नै नभएको ठोकुवा गरे ।
प्रतिक्रिया