नेपाल वायु सेवा निगम घाटामा पुर्याउने पदाधिकारीलाई कारबाही गर्न सांसद गिरीको माग

7.9k
Shares

काठमाडौं– नेकपा (एमाले) का सांसद पदम गिरीले नेपाल वायु सेवा निगम घाटामा पुर्याउने पदाधिकारीलाई कारबाहीको माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै उनले नेपाल वायु सेवा निगम घाटामा चलिरहेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

वायु सेवा निगम २०१५ मा स्थापना भएको र युुरोपलगायत अन्तर्राष्ट्रिय आकाशमा दर्जनौँ उठान भर्ने निगम १० क्षेत्रमा मात्र सिमित भएको जिकिर गरे । नेपाल सरकारले ३६ अर्ब ऋण लिएर जहाज किनेको र त्यस जहाजको साँवा र ब्याज गरेर हाल करिब ५४ अर्ब ऋणमा निगम डुबेको उनले बताए । ‘निगम घुँडा टेक्ने अवस्थामा पुगेको छ । यसको जिम्मेवारी पदाधिकारीहरुले लिनु पर्छ की पर्दैन?’ उनले प्रश्न गरे ।
वायु सेवा निगमका ९ वटा आन्तरिक विमानमध्ये ५ वटा सन् २०१५ मा किनेको र चारवटा ग्राउण्डेड रहेको उनले बताए । उनले भने, ‘एउटा जहाज बाँकी छ त्यसको पनि नियमित उडान छैन ।’

सांसद गिरीले चाडपर्व आउन लागेको बताउँदै दुरदराजका जनतालाई समस्या भएको उनले बताए । सरकारी जहाज नहुँदा निजी जहाज कम्पनीलाई महँगो शुल्क तिर्न जनता बाध्य रहेको उनले बताए । निगमका दुईवटा हजाज इटालीमा सि–चेकका लागि ८० दिनदेखि रहेको उनले बताए । ‘तीस दिनमा सि–चेक गरेर फर्किसक्नुपर्ने । दुईवटा जहाजले एक दिन उडान नभर्दा ४ करोड दैनिक घाटा भएको छ।’

उनले घाटामा गएको वायु सेवा निगमको हिस्सा सन् २०२० मा २४ प्रतिशत रहेकोमा हाल १२ प्रतिशतमा झरेको उनले बताए । उडान तर्फको बजार हेर्दा १ प्रतिशतमा झरेको उनले सुनाए । नेपाल वायु सेवा नियमको यस्तो अवस्थामा पु¥याउनेहरुको कारबाही गर्न उनले आवश्यक रहेको बताएका छन् । पदाधिकारीहरुले के गरिरहेका छन् भन्ने विषयमा संसदीय छानबिन समितिदे छानबिन गर्नुपर्ने उनले संसदमा माग गरेका छन् ।