उपसभामुख रानाले लेखेको पत्र कार्यालयभन्दा बाहिर नगएको रास्वपाको दाबी

792
Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई भिसा प्रक्रियाको लागि लेखेको पत्र उनको कार्यालयभन्दा बाहिर नगएको दाबी गरेका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा उनले पत्र तयार भएपनि त्यो पत्र अमेरिकी दूतावासमा नपठाइएको बताए । संवैधानिक परिषद्मा सत्तारुढ दलको बहुमत नपुग्ने भएपछि उपसभामुख रानालाई हटाउन खोजिएको उनले बताए ।

‘उहाँले लेखेको पत्र, उहाँको कार्यालयभन्दा बाहिर गएको पनि छैन । त्यो उहाँले स्पष्टीकरण दिइसक्नुभएको छ । अहिले संवैधानिक परिषद्मा अहिलेको सत्ता समीकरणको बहुमत नपुग्ने भइसकेपछि यो गरियो,’– सहमहामन्त्री बुर्लाकोटीले भने ।

त्यस्तै, उपसभामुखलाई नेपाली कांग्रेस, एमालेलगायतका दलहरु मिलेर संवैधानिक प्रक्रियाबाट हटाउने तयारी गरिरहेको बताउँदै उनले रास्वपाले खुलेर प्रतिवाद गर्ने बताए । उपसभामुख रानालाई कारबाही गर्नुपर्ने खालको त्रुटी नदेखिएको उनको दाबी छ ।