प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने


काठमाडौं– आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

उक्त बैठक आइतबारको लागि बोलाइएको थियो । तर माओवादी केन्द्रले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म संसद अवरोध जारी राख्ने अडान राखेपछि बैठक आजको लागि सारिएको थियो ।

आजै राति १२ बजेबाट लागू हुनेगरी सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्ने गरी सिफारिस गरेको छ ।