अस्कर अवार्डका लागि नेपालबाट हलमा प्रदर्शनरत ‘शाम्बाला’ को छनोट

648
Shares

काठमाडौं– ९७ औं एकेडेमी अवार्डं (अस्कर)का लागि नेपालबाट फिल्म ‘शाम्बाला’ छनोट भएको छ। अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले विज्ञप्ति जारी गर्दै ‘शाम्बाला’ को छनोट गरेको जानकारी दिएको छ ।

आगामी मार्चमा अमेरिकाको लस–एन्जलसमा हुने अस्कर अवार्डमा पठाउन आवेदन दिनको लागि जारी गरिएको सूचनामा दिइएको समयभित्र ‘शाम्बाला’ ले मात्रै आवेदन दिएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘चलचित्र एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम अब्बल दर्जाको सिर्जना रहेकोमा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बनोट आदि समेतलाई दृष्टिगत गरि उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति शाम्बालालाई छनोट गरिएको छ।’

मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ भदौ २८ देखि प्रदर्शनमा आएको छ। दोस्रो सातामा प्रदर्शनरत फिल्मले दर्शकको साथ पाइरहेको छ। यसमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरूङ, कर्मा शाक्य लगायत कलाकारहरूको अभिनय छ।