प्रकाशकी ‘सोल्टिनी’ परिक्षा



फिल्म ‘सोल्टिनी’ निर्माणको घोषणा गरिएको छ । यो फिल्मको छायांकन पौषको १५ गतेबाट रिलिज हुने भएको छ ।

फिल्मको प्रदर्शन मिति वि.सं २०८२ सालको असोज ३ गतेलाई तोकिएको छ । फिल्म ‘सोल्टिनी’मा नायक तथा गायक प्रकाश सपुत र नायिका परिक्षा लिम्बुलाई मुख्य भूमिकामा हेर्न पाइनेछ ।

फिल्ममा प्रकाश र परिक्षाको अन्तरजातिय प्रेमको कथालाई भन्ने संकेत निर्माणपक्षले गरेको छ । प्रकाश फिल्ममा ‘भिमसेन पोखरेल’ र परिक्षा ‘दिलासा राई’को भूमिकामा देखिदैछन् ।

यो फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गर्दैछन् । अर्जुनले यसअघि फिल्म ‘रंगेली’को निर्देशन गरेका थिए । यो फिल्म बक्स अफिसमा खासै चलेको थिएन ।

प्लानेट थ्री फिल्मस्को प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको फिल्मलाई भोजपुरमा खिच्ने तयारी गरिएको छ ।