काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की माननीय डाक्टर तोशिमा कार्की आफ्नो फेसबुक वालमा यस्तो लेख्छिन् हिजो बसेको केन्द्रीय समिति बैठकमा उठेको सह-महामन्त्री नियुक्तिसम्बन्धी विवादमा आफूले कुनै व्यक्तिको विरोध नभई केवल विधिको प्रश्न उठाएको स्पष्ट गरेकी छन्।
उनका अनुसार, बैठकको एजेन्डामा नपरेको प्रस्ताव अचानक अघि आएपछि आफूले अस्वीकार गरेको हो। उनले रिक्त सह-महामन्त्री पदमा इच्छुक र योग्य महिलाबाट विधिसम्मत रूपमा नियुक्ति गर्नुपर्ने पक्षमा रहेको बताइन्।
“सह-महामन्त्री पदमा मेरो कुनै दाबी छैन। प्रस्तावित व्यक्तिको विरोध पनि गरेको छैन, केवल प्रस्ताव र निर्णयको प्रक्रिया विधिपूर्वक गर्नुपर्ने आग्रह मात्र गरेको हुँ,” कार्कीको भनाइ रहेको छ l
कार्कीले बैठकको छलफललाई बाहिर अनावश्यक रूपमा फैलाउने प्रवृत्तिप्रति आपत्ति जनाउँदै, पार्टीभित्रको लोकतान्त्रिक पद्धति मजबुत बनाउन आन्तरिक संवाद आवश्यक हुनेमा जोड दिइन्। उनका अनुसार, सचिवालय र पदाधिकारीहरूले सुझावलाई सकारात्मक रूपमा लिएर एजेन्डा फिर्ता गरी थप गृहकार्य गर्ने निर्णय गरेका छन्।














प्रतिक्रिया