काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । बालेन्द्र साह बालेन नेतृत्वको समूह र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी समाहित भएपछि रास्वपा केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो। बैठकका लागि सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, तोसिमा कार्की, हरि ढकाल, गणेश पराजुलीलगायत नेताहरु वनस्थलीस्थित पार्टी कार्यालय पुगेका छन् ।
रास्वपाको पार्टी कार्यालयमा हामी नेपाली एनजिओका प्रमुख सुधन गुरुङ देखापरेका छन् । उनीसँगै सागर ढकाल पनि छन् । ढकाल रास्वपा प्रवेश गर्ने तयारीमा छन् । तर गुरुङ किन रास्वपा पार्टी कार्यालय पुगे भन्ने खुलेको छैन । गुरुङले आफू कुनै पनि पार्टीमा प्रवेश नगर्ने बताएका थिए । उनले आफूलाई जेनजी अगुवा बताउँदै आएका छन् । उनकै दबाबमा बालेन, कुलमान र रविबीच सहमति भएको हो ।














प्रतिक्रिया