काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका पति दुर्गा सुवेदी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्। उपचारमा संलग्न चिकित्सकले सुवेदीको पिसाब नलीमा संक्रमण, शरीरमा नुनको मात्रा घट्नु तथा चक्कर लाग्ने समस्या रहेको जानकारी दिएका छन्।
सुवेदीले यसअघि नै प्रोस्टेटसम्बन्धी शल्यक्रिया गराइसकेका छन् । हाल संक्रमणका कारण अवस्था जटिल भएपछि बिहीबार उनलाई अस्पताल भर्ना गरिएको हो। अहिले उनी अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ। स्रोतका अनुसार चिकित्सकहरूसँग निरन्तर परामर्श गरी उपचार प्रक्रिया अघि बढाइएको छ। सुवेदी यसअघि पनि बेला–बेलामा अस्वस्थ हुने गरेको र अस्पताल आउजाउ भइरहने गरेको जनाइएको छ।














प्रतिक्रिया