गगनले भने– परिस्कृत कांग्रेसमार्फत सम्मुनत देश निर्माणमा प्रतिबद्ध छौं


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले परिस्कृत कांग्रेसमार्फत सम्मुनत देश निर्माणमा प्रतिबद्ध रहेको जनाएका छन् । १६५ निर्वाचन क्षेत्रको उम्मेदवारी टुंगो लगाएपछि बल्ल फुर्सद भएका गगनले बुधबार बिहान सामाजिक सञ्जालमा आफ्नो र पार्टीको दृष्टिकोण सार्वजनिक गरेका हुन् ।

‘प्रिय साथीहरू, हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ। तपाईंको सभापति,’ गगनले लेखेका छन् । टिकट वितरण व्यस्त भएकैले गगन सर्लाही ४ मा उम्मेदवारी मनोनयन दर्ता गर्न जान सकेनन् । उनले वारेसनामामार्फत मनोनयन दर्ता गराएका थिए ।

उनी बिहीबार सर्लाही जाने भएका छन् । विशेष महाधिवेशनपछि कांग्रेस सभापति भएका गगन केही दिन आधिकारिकतामै व्यस्त भए । त्यसपछि १६५ निर्वाचन क्षेत्रका उम्मेदवार छनोट गर्दा गगनले १०६ जना नयाँ उम्मेदवारलाई मौका दिएका छन् । यसको अहिले चौतर्फी प्रशंसा भइरहेको छ ।