काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेन अहिले झापा ५ मा उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्न झापा पुगेपछि बालेन चर्चामा आएका छन् ।
सोसल मिडियाको क्रेजकै कारण युवा पुस्ताले बालेनलाई जिताउने कुरामा रास्वपा ढुक्क देखिएको छ । तर चुनावी चर्चाकै बीचमा अहिले बालेनले चढ्ने आठ करोडको डिफेन्डर गाडीबारे सर्वत्र चासो उत्पन्न भएको छ । बालेन आफैं सम्पन्न नागरिक हुन् । पूर्वर्यापर बालेन झन्डै चार वर्ष काठमाडौं महानगरका मेयर पनि बने ।
सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ राम्रै छ । फेसबुकमा उनका ३३ लाख फलोअर छन् । महोत्तरीमा करोडौंको सम्पत्ति छ । काठमाडौंको गैरीगाउँमा आलिसान घर छ । तर पनि बालेनलाई करेन्ट चाउचाउका मालिक सुरेश मालपानीले पौने ८ करोडसम्म मूल्य पर्ने ल्याण्डरोभरको डिफेन्डर गाडी किन उपहार दिए भन्ने विषयले सामाजिक सञ्जाल तातेको छ । सुरेश मालपानीका बाबु कमल मालपानी हुन् ।
तर सुरेशले रास्वपाका वरिष्ठ नेता बालेनलाई आठ करोड मूल्य पर्ने डिफेन्डर गाडी उपहार दिएको विषयमा रास्वपाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । आफूलाई सुशासनको पहरेदार र भ्रष्टाचार विरोधी भनेर चिनाउने रास्वपा नेतृत्व यसबारे मौन रहनुलाई सामान्य मानिएको छैन । चुनावको बेलादेखि नै ब्यापारीको लगानीमा राजनीति गरियो भने भोलि सत्तामा पुगेर जनताका लागि काम गर्छन् कि व्यापारीको लागि भन्ने प्रश्न उठ्ने देखिन्छ ।
सुरेश मालपानीले हालसालै दुईवटा डिफेन्डर मगाएका रहेछन् । आमजनताको भान्सामा रेगुलर प्रयोग हुने जंक फुड उत्पादन गर्ने उद्योगपतिको उपहार बालेनका लागि महँगो पर्ने भन्दै एमालेले चुनावी नारा बनाउने देखिन्छ । बालेन साढे तीन वर्ष काठमाडौँ महानगरको मेयर हुँदा एकपटक पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेनन् । रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेलगत्तै व्यापारीबाट आठ करोडको ल्यान्डरोभर गाडी उपहार प्राप्त भएको चर्चा छ । बालेन त्यही डिफेन्डर गाडी चढेर पाथीभरा मन्दिर पुगेका छन् ।












प्रतिक्रिया