जनतासँग भोटसँगै चन्दा माग्दै रास्वपाका ३ उम्मेदवार


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको माहोल तात्दै गएको छ । उम्मेदवारी मनोनयन दर्तासँगै चुनावी माहोल ह्वात्तै बढेको हो । यतिबेला दल र तिनका उम्मेदवार निर्वाचन केन्द्रित भएका छन् । उम्मेदवारहरु गाउँगाउँ पुगेका छन् । मत मागिरहेका छन् । तर रास्वपाका ३ उम्मेदवारले भने मतसँगै जनतासँग पैसा पनि मागेका छन् ।

जनतासँग मतसँगै चुनावी खर्च माग्नेमा काठमाडौं १ की रास्वपा उम्मेदवार रञ्जु दर्शना, काठमाडौं ६ शिशिर खनाल र मोरङ ३ का उम्मेदवार गणेश कार्की छन् । उनीहरुले चुनावी अभियानका लागि आफूहरुलाई खर्च चाहिने भन्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा क्यूआरसँगै बैक खाता नम्बर विवरण राखेर आर्थिक सहयोग माग्न थालेका छन् ।

जनतासँग चुनावी खर्च माग्न छाडेर चुनावमा विजय हुनका लागि गतिलो एजेन्डा प्रस्तुत गर्न सामाजिक सञ्जालमा सुझाब दिनेको संख्या बढ्दै गएको छ । कतिपयले भने भोट माग्नका लागि गतिलो एजेन्डासमेत नभएका उम्मेदवारहरुले आर्थिक सहयोग मागेर आफ्नै स्तर घटाएको भन्दै आलोचना गरिरहेका छन् ।

शिशिर खनाल यसअघि नै काठमाडौं ६ बाट विजयी भएका थिए । उनी पूर्वशिक्षामन्त्रीसमेत हुन् । २०७९ सालको निर्वाचनमा रञ्जु काठमाडौं ५, रञ्जु प्रदीप पौडेलसँग पराजित भएकी थिइन् । बम कांग्रेसकै प्रकाशमान सिंहसँग पराजितभएका थिए । बम अमेरिकामा पढ्न भन्दै चन्दा संकलन गरिरहेका छन् । गणेश कार्की भने पहिलो पटक चुनाव लड्न लागेका हुन् । उनी कांग्रेसका चर्चित उम्मेदवार सुनिलकुमार शर्मासँग्र प्रतिस्पर्धा गरिरहेका छन् ।