काठमाडौं । दुईपटक सांसद जितेका अमरेशकुमार सिंहको व्यवहारका कारण सर्लाही ४ मा मतदाता भड्केका छन् । आफूलाई बाहेक अरुलाई मान्छे नै नगन्ने प्रवृत्तिका कारण सिंहले दिनप्रतिदिन समर्थक र भोटर गुमाउँदै जान थालेका छन् ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयनको अघिल्लो दिन माघ ५ गते रास्वपा प्रवेश गरेका सिंहले ‘देश घन्टीमय भयो, अब म मन्त्री बन्छु’ भन्दै हिँड्न थालेका छन् । कतिसम्म उनले आफूले मनोनयन दर्ता गरेको बेला किन उपस्थित नभएको भन्दै कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि कार्यकर्तालाई समेत धम्क्याउन थालेका छन् ।
हिजो जसले भोट दिएर जितायो तिनैलाई धम्की दिन थालेपछि डुमरियाका मतदाताले अब धम्की र दबाब चल्दैन भन्दै कांग्रेस उम्मेदवार गगन थापालाई भोट हाल्ने निर्णय गरेका छन् । अमरेशले अहिले बालेन प्रधानमन्त्री बनेमा आफू वरिष्ठ मन्त्री हुने भन्दै मतदातालाई भ्रम छरिरहेका छन् ।
तर सर्लाही ४ मै उम्मेदवार बनेका कांग्रेस सभापति आफैं प्रधानमन्त्रीका दाबेदार हुन् । त्यसैलै अहिले सर्लाही ४ मा मन्त्री होइन, प्रधानमन्त्री बन्ने उम्मेदवार जिताउँ भन्ने अभियान नै चलेको छ ।
यही कुरा बुझेपछि अमरेश निकै तनावमा परेका छन् । कहिले बालेन प्रधानमन्त्री नबने आत्मदाह गर्ने त कहिले गगन थापाले चुनाव जिते आत्महत्या गर्छु भनेर हेट स्पिच दिएका अमरेश आत्तिसकेका छन् । त्यही भएर उनले मतदाता भड्काउन अनेक हथकण्डा प्रयोग गर्न थालेका छन् ।
तर सचेत सर्लाही ४ वासीले यसपटक आफूहरू कुनै झुक्यानमा नपर्ने भन्दै गगनलाई जिताएर प्रधानमन्त्री बनाउन लागिपर्ने अठोट लिएका छन् । सर्लाही ४ पुगेलगत्तै कांग्रेस सभापति गगन थापा त्यहाँको वस्तुस्थिति, सामाजिक परिवेश, आर्थिक अवस्था, आगामी दिनमा गर्नसकिने विकासका कामका सम्भाव्यता अध्ययनका लागि खटिएका छन् । यसका लागि तीनवटा टोलीले अध्ययन गरिरहेको थापाले जानकारी दिएका छन् ।












प्रतिक्रिया