उदयपुरमा बस दुर्घटना : १२ जना घाइते


काठमाडौँ – उदयपुरमा सोमबार बिहान यात्रुबाहक बस दुर्घटनामा पर्दा १२ जना घाइते भएका छन्। कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नम्बरको बस उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा सडकबाट तल खसेको हो।

प्रारम्भिक जानकारीअनुसार बसको ब्रेक फेल भएपछि करिब ३०–४० फिट तल खस्दा दुर्घटना भएको बताइएको छ। घटनापछि सशस्त्र प्रहरी बल नं. ५ गण उदयपुरबाट खटिएको क्युआरटी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।