काठमाडौं – सर्लाही ४ मा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहलाई मतदाताले र्याखर्याख्ती पारेका छन् । तीनपटकसम्म लगातार चुनाव जिते पनि बीचबीचमा निर्वाचन क्षेत्रमा नआउने, मिडिया र मोबाइलमा मात्रै देखिने गरेको भन्दै मतदाताले सिंहप्रति कडा आक्रोश व्यक्त गरेका छन् ।
दुई दिनअघि गोडैता नगरपालिकामा मत माग्न पुगेका सिंहलाई तीनपटकसम्म चुनाव जितेर के के काम गर्नुभयो भनेर सोधेका थिए । तर सिंहले जवाफ दिन सकेनन् । उनले आएकै छु, गरेकै छु भने । मतदाताले पार्टी फेरेर चुनाव जित्दैमा सर्लाही ४ मा विकास हुन्छ भनेर आक्रोश व्यक्त गरेपछि उनी बोल्नै सकेनन् ।
भेला भएका अधिकांशले सिंहलाई एकसाथ विभिन्न प्रश्न सोधेका थिए । तर उनी स्पष्ट जवाफ नै नदिई हिँडेका थिए । कांग्रेस, स्वतन्त्र हुँदै अहिले रास्वपाबाट उम्मेदवार बनेका सिंहले सर्लाही ४ मा कुनै विकासका काम नगरेपछि मतदाताले मत फेर्ने निर्णय गरिसकेका छन् । अमरेशले भने आफू बालेनलाई प्रधानमन्त्री बनाउन लागेको भन्दै आफ्नो एक मात्र एजेन्डा त्यही भएको भन्दै हिँडेका छन् ।
सर्लाही ४ मा कांग्रेस सभापति गगन थापा उम्मेदवार बनेका छन् । घरदैलोमा जाँदा स्थानीयले गगनलाई त्यहाँको वस्तुस्थितिबारे बुझाएपछि उनले कांग्रेसको प्रतिज्ञापत्र र सर्लाही ४ को लागि नौ बुँदे प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । गगनले आफ्नो निर्वाचन क्षेत्रका समस्या र त्यहाँको विकास एजेन्डालाई मसिनो गरी समाधान गर्ने प्रतिज्ञा गरेपछि मतदाताले यसपटक उनलाई चुनाव जितेर पठाउने वाचा गरेका छन् ।













प्रतिक्रिया