काठमाडौं । यसपटक निर्वाचनमा आठ लाख ८४ हजार ९५ यात्रुले काठमाडौं उपत्यका छाडेका छन्। होली र चुनावका कारण हाल काठमाडौं छाडेका यात्रुको संख्या बढेपछि उपत्यकाका सडकहरू अहिले प्रायः सुनसान छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाहका अनुसार हाल उपत्यकाका सडकहरूमा सार्वजनिक र निजी सवारी साधनहरू निकै कम चलिरहेका छन्।
‘चुनावका कारण धेरै यात्रु बाहिरिएका छन्,’ उनले भने, ‘जसका कारण विगत केही दिनदेखि उपत्यकामा ट्राफिक व्यवस्थापनमा कुनै समस्या नभएकोले गुड्ने सवारी साधनको संख्या निकै कम छ।’ निर्वाचन सुरक्षाका लागि अधिकांश ट्राफिक प्रहरी खटिएकाले सीमित जनशक्तिका साथ ट्राफिक व्यवस्थापनको काम भइरहेको छ।
डीएसपी शाहका अनुसार उपत्यकाबाट बाहिरिने सवारी साधनलाई ट्राफिक प्रहरीले काठमाडौँको नागढुंगा, बालाजु, सामाखुसी, भक्तपुरको जगाती, ललितपुरको फर्पिङ र चापागाउँमा ट्राफिक प्रहरीले जाँच गरिरहेको छ । यात्रुहरूलाई पनि यात्राको बारेमा सचेत गराएर मात्र पठाइएको छ।
‘विशेष गरी मोटरसाइकलमा यात्रा गर्ने यात्रुहरूलाई तीव्र गतिका कारण हुन सक्ने दुर्घटनाको बारेमा सचेत गराइएको छ,’ उनले भने, ‘हामीले मदिरा सेवन गरेर सवारी साधन नचलाउन र उच्च गतिमा नचलाउन सम्झाइरहेका छौं।’
ट्राफिक प्रहरीका अनुसार बुधबार उपत्यकाबाट बाहिरिने यात्रु र सवारी साधनको संख्या घटाइएको छ। बिहीबारको चुनावपछि मध्यम दूरीका सवारी साधन मात्र उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले बुधबार मध्यरातबाट बन्द गरिएको बताएको छ।












प्रतिक्रिया