काठमाडौं । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
पछिल्लो परिणामअनुसार प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाखभन्दा बढी मत पाइसकेको छ । अब केही मतगणना मात्रै बाँकी छ ।
रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले १७ लाख ४८ हजार ७३७, तेस्रो भएको एमालेले १४ लाख ४८ हजार ३१८ र चौथौ भएको नेकपाले ८ लाख ३ हजार ६२७ मत पाएको छ ।
यस्तै, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत पाउँदा थ्रेसहोल्ड कटाएको राप्रपाले ३ लाख २९ हजार ४५७ मत ल्याएको छ ।
समानुपातिकतर्फ हालसम्म एक करोड ७ लाख ३० हजार ५५१ मतगणना भएको छ । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ । रास्वपा र कांग्रेसबीच एक सिटका लागि कडा टक्कर छ । समानुपातिकमा मत प्रतिशत दुवैको बराबरी जस्तै आइरहेको छ । अहिलेकै अनुपातमा मत आए कांग्रेसले २० र रास्वपाले ५७ सिट पाउनेछन् । रास्वपाले बढाए उसले ५८ सिट पाउने देखिन्छ ।












प्रतिक्रिया