काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिबाट संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गराउने निर्णय गरेको हो ।
वैशाख २८ गते दिउँसो ४ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले बताए।
संवैधानिक व्यवस्थाअनुसार सरकारले प्रत्येक वर्ष राष्ट्रपतिमार्फत संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहेको छ ।














प्रतिक्रिया