सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं l प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान १०ः३० बजे बैठक बस्ने छ।

सरकारले आज दिउँसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारका प्राथमिकताका कार्यक्रम, विभिन्न मन्त्रालयका प्रस्ताव तथा प्रशासनिक निर्णयहरूबारे छलफल हुने जनाइएको छ।

मन्त्रिपरिषद् बैठकमार्फत सरकारका नीति, योजना तथा सार्वजनिक सरोकारका विषयमा आवश्यक निर्णयहरू गरिने अपेक्षा गरिएको छ। साथै विकास आयोजना, सेवा प्रवाह प्रभावकारी बनाउने विषय तथा आगामी सरकारी कार्यक्रमहरूको तयारीबारे समेत बैठकमा समीक्षा हुने बताइएको छ।