काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजदेखि सुरु भएको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
नेपालले ओमानविरुद्ध खेलेको अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ। टोलीमा कुनै परिवर्तन गरिएको छैन।
नेपालका लागि आसिफ शेख र विनोद भण्डारीले ओपनिङ गर्नेछन्। अर्जुन कुमाल तेस्रो नम्बरमा तथा कप्तान रोहित पौडेल चौथो नम्बरमा ब्याटिङ गर्नेछन्।
मिडल अर्डरमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र गुल्शन झा रहेका छन्। बलिङ आक्रमणमा नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्।
नेपालले घरेलु मैदानमा स्कटल्यान्डविरुद्ध हालसम्म उत्कृष्ट प्रदर्शन गर्दै दुवै खेल जितेको छ। समग्र हेड–टु–हेडमा भने नेपालले ९ मध्ये ५ खेल जित्दा ४ खेलमा पराजय बेहोरेको छ।
स्कटल्यान्ड लिग–२ अंकतालिकाको दोस्रो स्थानमा रहेको टोली हो।
















प्रतिक्रिया