काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २९ सवारीचालकलाई कारबाही गरेको जनाएको छ। कारबाहीबाट राज्यकोषमा रु चार लाख १७ हजार राजस्व सङ्कलन भएको छ।
कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ५९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ११९ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १३२ जना र तीव्र गतिमा सवारी हुइँक्याउने २०८ जनामाथि कारबाही गरिएको हो।
त्यसैगरी ‘लेन’ अनुशासन उल्लङ्घन गर्ने ५७, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा पार्किङ गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने १२६ तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १३९ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक अनुशासन पालना गर्न र दुर्घटना न्यूनीकरणका लागि नियमित निगरानी तथा कारबाहीलाई थप कडाइ गरिने जनाएको छ।
















प्रतिक्रिया