भारत जाँदै रवि लामिछाने


काठमाडौं, जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी दुईदिने भ्रमणका लागि जेठ १८ गते भारत प्रस्थान गर्ने तयारीमा रहेका छन् ।

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री एस जयशंकर तथा विदेश सचिव विक्रम मिश्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको केही दिनपछि हुन लागेको लामिछानेको यो भ्रमणलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।