काठमाडौं– नेपाली कांग्रेसभित्र संस्थापन र इतर समूहबीचको विवाद थप चर्किएको छ । देउवा समूहले पार्टी एकताका लागि दबाब बढाउन महासमिति बैठक बोलाउने आन्तरिक तयारी गरिरहेको जनाएको छ ।
सातै प्रदेशमा भइरहेको भेलापछि राष्ट्रिय भेला र त्यसपछि महासमिति बैठक गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन् । इतर समूहले महासमिति बैठकमार्फत महाधिवेशनसम्मको प्रक्रिया अघि बढाउन सकिने संकेत पनि दिएको छ ।
गण्डकी प्रदेश भेलाले १५ जेठसम्म नेताहरूले निकास ननिकाले महासमिति बैठकमार्फत समाधान खोज्नुपर्ने निर्णय गरिसकेको छ । देउवा पक्षीय नेताहरूले प्रदेश भेलापछि राष्ट्रिय भेला निश्चित रहेको बताएका छन् ।
सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी रिट खारेज गरेपछि पनि देउवा समूह समानान्तर गतिविधिमा सक्रिय छ । समूहले विशेष महाधिवेशनबाट बनेको नेतृत्वले पार्टीलाई एकताबद्ध बनाउन नसकेको आरोप लगाउँदै आएको छ ।
















प्रतिक्रिया